काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १०४.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले १७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ३१.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा गत आवमा २ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको खुद सञ्चालन आम्दानी पनि ३०.३२ प्रतिशतले बढेर २२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १२ करोड ३३ लाख र अन्य सञ्चालनका लागि ३ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ५ करोड ७७ लाख पुगेको छ । रिजर्भको आकार भने ३३ करोड ८८ लाख रुपैयाँबाट घटेर ३४ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ ।
समिक्षा अवधिमा कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात घटेर ४.३५ प्रतिशतमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३२.४० रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५१.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६७.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४८.०५ गुणा र तरलता अनुपात ८.३९ प्रतिशत कायम भएको छ ।