Logo

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले असार मसान्तसम्म १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलानामा ७१.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ। कम्पनीको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशतले वृद्धि भएको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको निष्क्रिय कर्जा बढेर १३.२२ प्रतिशत पुगेको छ। कम्पनीले सम्भावित जोखिम शिर्षकमा १७ करोड ६४ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसले गर्दा कम्पनीको सञ्चालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको हो । कम्पनीले उक्त अवधिसम्मा १० करोड ८३ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको छ।

समिक्षा अवधिसम्ममा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ सापटी र ८६ करोड १५ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २०.३७ रुपैयाँ छ। कम्पनीको मूल्य आम्दानी अनुपात १३३.७७ रुपैयाँ छ। कम्पनीको रिजर्भ कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको चुक्तापुँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL