Logo

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सीइओमा चोलराज शर्मा जोशी नियुक्त, ४ वर्षको कार्यकाल

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सीइओमा चोलराज शर्मा जोशी नियुक्त, ४ वर्षको कार्यकाल



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । एनआईसी एशिया बैंक मुख्य प्रवद्र्धक रहेको यस वित्तीय संस्थामा साउन ७ गतेदेखि लागू हुने गरि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षको कार्यकालको लागि नियुक्त गरेको छ । उक्त संस्थामा कार्यरत लक्ष्मण चालिसेलाई बैंकको निर्णयानुसार साउन ६ गतेबाट लागु हुने गरी बैंकमा नै बोलाईएको बैंकले जनाएको छ ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मा जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL