बिजखबर संबाददाता
२० जेठ,काठमाडौं । बैंकिङ कसुर अभियोग लागेका नवराज खत्री पक्राउ परेका छन् । मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ऋण दूरुपयोग गरेको खत्रीलाई प्रहरी केन्द्रीय अनुसन्धा व्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
पाटन पुनरावेदन अदालतले ६ करोड ५० लाख रुपैयाँ जरिवाना र तीन बर्ष कैदको फैसला गरेपनि उनी फरार थिए ।
खत्रीले न्यू सौजन्य हार्डवेयर खोलेका उनले सो फाइनान्सबाट व्यापारिक परियोजनाका लागि कर्जा लिए पनि परियोजना सञ्चालन नगरी ऋण दूरुपयोग गरेको बताइएको छ ।