Logo

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त, वैशाख १ गतेदेखि जिम्मेवारी सम्हाल्ने

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त, वैशाख १ गतेदेखि जिम्मेवारी सम्हाल्ने



काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका पूर्व सीइओ टीका निधि लोहनीको राजीनामापछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरिएको हो।

फाइनान्सको संचालक समितिको बैठकले २०८१ फागुन २८ गते घिमिरेलाई चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो पत्रमार्फत २०८२ वैशाख १ गतेदेखि उनको नियुक्ति प्रभावी हुने जानकारी दिएको छ।

घिमिरे यसअघि गोर्खाज फाइनान्सका सीइओ थिए र गत भदौमा राजीनामा दिएका थिए। समृद्धि फाइनान्सले फागुन मसान्तसम्म संस्थाका नायव महाप्रबन्धक विनोद राज पौडेललाई कामु सीइओको जिम्मेवारी दिएको छ।

सन्तोष कुमार घिमिरेको नेतृत्वमा समृद्धि फाइनान्सले आफ्नो व्यवसायिक क्षेत्रको दायरा र सशक्तिकरणमा नयाँ उचाइ छुन प्रयास गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्