काठमाडौ । आईसिएफसि फाइनान्सको ‘९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड भएको छ ।
कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा आईसिएफसि फाइनान्स लिमिटेडको ७ बर्ष अवधि भएको तथा बार्षिक ९ प्रतिशत ब्याजदरको “९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८” नामक प्रति इकाई रु. १,०००/– अंकित दरको रु. ३०,००,००,०००/– (अक्षरुपी तीस करोड रुपैयाँ मात्र) बराबरको ३,००,००० कित्ता, जसमध्ये रु. १८,००,००,०००/– रकम बराबरको १,८०,००० कित्ता ऋणपत्र परिपत्र विधिबाट र रु. १२,००,००,०००/– बराबरको १,२०,००० कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक प्रक्रियाबाट निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा निष्काशन अवधिमा प्राप्त आवेदनको आइतबार बाँडफाँड गरिएको हो क्यापिटलले जनाएको छ ।
धितोपत्र बोर्डबाट स्विकृत विवरणपत्र अनुसार आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडकोे परिपत्र बिधि मार्फत रु. १,०००/– अंकित दरको १,८०,००० कित्ता ऋणपत्र निष्काशन गरिएकोमा प्राप्त आवेदकहरुबाट ३,००,००० कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो ।
माग गरेको कित्तामा समानुपातिक रुपमा १,८०,००० कित्ता ऋणपत्र बाँडफाँड गरिएको र सर्वसाधारण तर्फ रु.१,०००/– अंकित दरको १,२०,००० कित्ता मध्ये सामूहिक लगानी कोषको लागि छुट्याइएको ६,००० कित्ता बाँडफाँड गरी बाँकी रहेको १,१४,००० कित्ता ऋणपत्र मिति २०८१/१०/०९ गते देखि २०८१/१०/१३ गते सम्म बिक्री खुल्ला गर्दा सर्वसाधारणहरुबाट जम्मा ७,२४७ जना आवेदकहरुबाट ६,३१,३५७ कित्ता ऋणपत्रको लागि आवेदन पर्न आएकोमा स्वीकृत विवरणपत्रमा भएको व्यवस्था अनुसार गोला प्रथा बिधिद्धारा ४,५६० जना आवेदकहरुलाई १,१४,००० कित्ता ऋणपत्र बाँडफाँड गरिएको कुमारी क्यापिटलले जनाएको छ ।