Logo

नेपाल फाइनान्सको नाफा १ करोड ६७ लाख मात्रै, प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ

नेपाल फाइनान्सको नाफा १ करोड ६७ लाख मात्रै, प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ



काठमाडौं । नेपाल फाइनान्सको नाफा घटेको छ । फाइनान्सले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार गतवर्ष फाइनान्सले १ करोड ६७ लाखमात्रै नाफा गरेको छ । फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा गतवर्षमा घटेको हो । अघिल्लो वर्ष नेपाल फाइनान्सको नाफा २ करोड थियो ।

७२ करोड ९९ लाख चुक्ता पुँजी रहेको नेपाल फाइनान्सको रिर्टन अर्निङ २० करोडले ऋणात्मक रहेको छ । यसले फाइनान्सले अझै केही समय लाभांश दिन कठिन पर्ने देखिएको छ । प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ रहेको छ । पिई अनुपात ३६०.१५ रहेको नेपाल फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७ रहेको छ ।

फाइनान्सले असार मसान्तसम्म २ अर्ब ५५ करोड निक्षेप संकलन गरेर २ अर्ब १ करोड कर्जा दिएको छ । गतवर्षसम्म फाइनान्सको निक्षेप १ अर्ब ८० करोड तथा कर्जा १ अर्ब ३० करोड रहेको थियो । सेयर बजारमा भने फाइनान्सको मूल्य उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL