Logo

शाइन रेसुंगा बैंकले ‘राष्ट्रिय टेन के रन प्रतियोगिता’ आयोजना गर्ने, मानन्धर सद्भावना दूत नियुक्त

शाइन रेसुंगा बैंकले ‘राष्ट्रिय टेन के रन प्रतियोगिता’ आयोजना गर्ने, मानन्धर सद्भावना दूत नियुक्त



काठमाडौं । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते बुटवलमा आयोजना गर्न लागेको शाइन रेसुंगा राष्ट्रिय टेन के रन १० किलोमिटर दौड प्रतियोगितामा कीर्तिमानी धावक र ओलम्पियन बैकुण्ठ मानन्धरलाई सद्भावना दूतको रूपमा नियुक्त गरेको छ।

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कीर्तिमानी प्रदर्शन गरेका मानन्धरले दौड संस्कृतिको प्रवर्द्धन र आमजनताको स्वास्थ्य जीवनशैलीको विकासमा योगदान दिनुपर्ने आवश्यकता औँल्याए। प्रतियोगिता लुम्बिनी प्रदेशका नागरिकहरूका लागि खुला हुनेछ, र कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ।

प्रतियोगितामा सहभागी हुने धावकहरूको दर्ता प्रक्रिया शाइन रेसुंगा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइटमार्फत २०८१\११\०९ दिउँसो १२ बजे सम्म गर्न सकिनेछ। प्रतियोगिता पुरुष र महिला क्याटेगोरीसँगै स्थानीय धावकहरूको लागि ५ किलोमिटर दौडमा पनि प्रतिस्पर्धा राखिनेछ।

यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघले स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्