Logo

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलमा विशेष छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अपोलो अस्पतालका सेवामा विशेष छुट दिनेगरी आईतबार दुई निकायबीच उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इन्फर्मेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्