Logo

सोसाइटी डेभलपमेन्टको शाखा बीरगंजको आदर्शनगरमा, स्तरीय बैंकिङ सेवा उपलब्ध गराइने

सोसाइटी डेभलपमेन्टको शाखा बीरगंजको आदर्शनगरमा, स्तरीय बैंकिङ सेवा उपलब्ध गराइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बीरगंजको आदर्शनगरमा शाखा स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमवीच बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले सो शाखाको उद्दघाटन गरे ।

सो अवसरमा उनले बैंकको सो शाखाबाट सरल तथा स्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बताए । बैंकले   आफ्ना सवै शाखाबाट निक्षेप,कर्जा सुविधाका साथै एटिएम, एविविएस,मोवाइल बैंकिङलगायत सेवा उपलब्ध गराउदै आएको छ ।

काठमाडौंमा केन्द्रिय कार्यलय रहेको बैंकको हाल ३० ओटा शाखा र १ एकस्टेन्सन काउन्टर छन् । बैंकको चुक्ता पूँजी ८९ करोड ७९ लाख रुपैयाँ र निक्षेप ७ अर्व १६ करोड रुपैयाँ  ,५ अर्व ८८ करोड  रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्