Logo

कोरोनामा पनि बढाए सेञ्चुरी, एनसीसी, प्राईम, एनआईसी एशिया र एनएमबी बैंकले नाफा, एभरेष्ट, एनबी, माच्छापुच्छ्रे र सनराईजको घट्यो

कोरोनामा पनि बढाए सेञ्चुरी, एनसीसी, प्राईम, एनआईसी एशिया र एनएमबी बैंकले नाफा, एभरेष्ट, एनबी, माच्छापुच्छ्रे र सनराईजको घट्यो



काठमाडौं । कोरोनाका कारण समग्र अर्थतन्त्रमा प्रभाव परिरहँदा आज वित्तीय वितरण प्रकाशित गर्ने धेरैजसो बाणिज्य बैंकहरुले आफ्नो नाफा बढाएका छन् । बैंकहरुले प्रकाशित गरेका वित्तीय विवरण अनुसार आर्थिक बर्ष २०७५र ७६ को तुलनामा आब २०७६ र ७७ मा खुद मुनाफा बढेको हो ।

सेञ्चुरी बैंक

आज वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमा सबैभन्दा बढी सेञ्चुरी बैंकले आफ्नो नाफामा सुधार गरेको छ । बैंकले आघिल्लो अबको तुलनमा गत आवमा आईपुग्दा आफ्नो नाफामा ३४ प्रतिशतले सुधार गरेको छ । अघिल्लो आवमा ६७ करोड ६४ लाख रुपैयाँ कमाएको सो बैंकले गत आवको सोही अवधिमा ९० करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।

कुल ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । सो अबधिसम्ममा बैंकले ६५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४ करोड ४४ कर्जा प्रबाह गरेको छ ।

तर सो अबधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो आबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १।४० प्रतिशत रहेकोमा गत अबमा आईपुग्दा बढेर २।२१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ७७ पैसा रहेको छ ।

एनसीसी बैंक

कोरोनाको कहरबीच एनसीसी बैंकले पनि आफ्नो नाफामा १०।७४ प्रतिशतले सुधार गरेको छ । बैंकले गत आबका आफ्नो नाफामा सुधार गर्दै १ अर्ब १३ करोड रुपैयाँ कमाउन सफल भएको छ । जबकि बैंकले अघिल्लो आबमा १ अर्ब २ करोड रुपैयाँ मात्र खुद मुनाफा गरेको थियो । हाल बैंकको वितरणयोग्य नाफा ६९ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

कुल ९ अर्ब ३५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । गत अबसम्म आईपुग्दा बैंकले ७३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी बैंकको खराब कर्जा २।७८ प्रतिशतबाट बढेर २।७९ प्रतिशत पुगेको छ ।

प्राईम कमर्सियल बैंक

कोरोना कहरबीच प्राइम कमर्सियल बैंकले पनि आफ्नो नाफामा सुधार गरेको छ । अघिल्लो आवमा २ अर्ब १९ करोड खुद मुनाफा गरेको प्राईम बैंकले गत आवको अन्त्यमा आईपुग्दा नाफा बढाएर २ अर्ब २९ करोड रुपैयाँ पुर्याएको छ । सो अबधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

सो अबधिमा बैंकले आफ्नो खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएको छ ।
हाल १३ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड रहेको छ । हालसम्म आईपुग्दा १ खर्ब १९ अर्ब ४४ करोड निक्षेप संकलन गरेको सो बैंकले १ खर्ब १० अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । तर सो अबधिसम्म आईपुग्दा बैंकको खराब कर्जा १ प्रतिशतबाट बढेर १.५४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी भने १६ रूपैयाँ ३९ पैसा रहेको छ ।

एनआईसी एशिया बैंक

पछिल्लो समय एग्रसिभ रुपमा अघि बढेको एनआईसी एसिया बैंकले पनि कोरोना कहरकाबीच आफ्नो नाफामा सुधार गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा आईपुग्दा ३ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । सो अबधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी बढाएर ७ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ । तर बैंकको संचालन नाफामा भने गिरावट आएको छ ।

सो अबधिसम्म आईपुग्दा बैंकदे २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । तर सो अबधिमा बैंकको खराब कर्र्जा ०।४६ प्रतिशतबाट बढेर ०।७५ प्रतिशत पुगेको छ । हाल बैंकको प्रति सेयर आम्दानी ३२ रुपैयाँ १३ पैसा रहेको छ ।

एनएमबी बैंक

गत आबमा एनएमबि बैंकले पनि आफ्नो नाफामा सामान्य सुधार गरेको छ । आर्थिक बर्ष २०७५ र ७६ मा २ अर्ब २५ करोड रुपैयाँ खुद आम्दानी गरेको सो बैंकले आब २०७६ र ७७ मा आईपुग्दा आफ्नो नाफामा सामान्य वृद्धि गर्दै २ अर्ब २७ करोड रुपैयाँ कमाएको छ । सो अबधिमा बैंककोे वितरण योग्य नाफा भने १ अर्ब ४२ करोड रुपैयाँ छ ।

हाल बैंकले चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
तर सो अबधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसामा रहेको छ । यसैगरी बैंकको खराब कर्जा पनि बढ्न पुगेको छ । अघिल्लो आबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १।८६ प्रतिशत रहेकोमा गत अबमा आईपुग्दा बढेर २।६८ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंक

गत आर्थिक बर्षमा कोरोनाले एभरेष्ट बैंकको आम्दानी भने असर पुयार्एको छ । सो अबधिमा बैंकको नाफा १८।२६ प्रतिशतले घटेर २ अर्ब ४९ करोड रुपैयाँमा सिमित भएको छ । जबकि अघिल्लो आबमा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । सो अबधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

हाल चुक्ता पूँजी ८ अर्ब ५१ करोड रहेको एभरेष्ट बैंकको रिजर्भ कोषमा ८ अर्ब १४ करोड रुपैयाँ छ । बैंकले गत आबको अन्त्यसम्ममा आईपुग्दा १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
सो अबधिमा बैंकको खराब कर्जा एकदमै न्यून अर्थात कुल कजा प्रबाहको ०।२२ प्रतिशत मात्र रहेको छ ।

नेपाल बंगलादेश बैंक

कोरोनाको असर नेपाल बंगलादेश बैंकमा पनि उच्च देखिएको छ । गत आबमा बैंकको नाफामा २१ दशमलव ६२ प्रतिशतले गिरावट आएको छ ।
अघिल्लो आबमाख१ अर्ब ५८ करोड रुपैयाँ खुद आम्दानी गरेको सो बैंकको कोरोनाको कारण गत आबमा आईपुग्दा खुम्चिएर १ अर्ब २४ करोड रुपैयाँ सिमिति भएको छ । सो अबधिमा बैंकको वितरणयोग्य नाफा ४४ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्र नाफा घट्न पुगेको हो । कुल ८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ छ । गत आबसम्म आईपुग्दा बैंकले ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

तर सोही अबधिमा बैंकको खराव कर्जा भने उच्च बढ्न पुगेको छ । अघिल्लो आबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १।७४ प्रतिशत रहेकोमा गत आबमा आईपुग्दा बढेर २।८९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी भने १५ रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंक

कोरोनाको असर माछापुच्छ्रे बैंकलाई पनि परेको छ । कोरोनको कारण गत आबमा बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँमा सिमित भएको छ । जबकि बैंकले अघिल्लो अबमा १ अर्ब ६९ करोड नाफा गरेको थियो । सो अबधिमा बैंकको वितरणयोग्य मुनाफा भने ९० करोड रुपैयाँ रहेको छ ।

कोरोनाको कारण आफ्नो व्याज आम्दानी उठ्न नसक्दा बैंकको नाफामा गिरावट आएको हो ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कोरोनाको कारण नाफ घटेको सो बैंकले आफ्नो निक्षेप संकलनलाई भने बढाएर १ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको छ ।

यसैगरी सो अबधिमा बैंकले आफ्नो कर्जा लगानीलाई पनि वृद्धि गर्दै २ अर्ब ३३ करोड रुपैयाँ पुयाएको छ । सो अबधिमा बैंकको खराब कर्जा बढेर कुल कर्जा प्रबाहको ०।५४ प्रतिशत पुगेको छ ।

सनराइज बैंक

कोरोनाका कारण सनराई बैंकको पनि नाफामा गिरावट आएको छ । अघिल्लो अबमा १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको सो बैंकले कोरोनका कारण गत आबमा १ अर्ब ३९ करोड रुपैयाँ मात्र खुद नाफा गर्न सफल भएको छ । गत बर्षको नाफाको आधारमा बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ९१ लाख रुपैयाँ मात्र रहेको छ ।

असार समान्त सम्म आईपुग्दा बैंकले ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL