Logo

नबिल बैंकको सिइओमा जोशी, सोमबारदेखि कार्यभार सम्हाल्ने

नबिल बैंकको सिइओमा जोशी, सोमबारदेखि कार्यभार सम्हाल्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ असार,काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  शशिन जोशी नियुक्त भएका छन् । जोशीले आफ्नो करियरको सुरुवात नबिल बैंक (तत्कालि नेपाल अबर) बाट गरेका थिए ।

आइतवार बैंकको सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो । जोशीले दुई साता अघि एनआइसी एसिया बैंक छाडेका थिए । उनलाई चार बर्षका लागि नियुक्त गरिएको बताइएको छ ।

जोशीले सोमबारबाट बैंकमा काम सुरु गर्ने छन् । जोशीले बैंकिङ क्षेत्रमा ३० बर्ष बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL