Logo

दैवी प्रकोप उद्धार कोषमा नबिलकोे २ करोड, प्रम कोइरालालाई चेक हस्तान्तरण

दैवी प्रकोप उद्धार कोषमा नबिलकोे २ करोड, प्रम कोइरालालाई चेक हस्तान्तरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.२ करोड १ लाख सहयोग गरेको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरे । अध्यक्ष पौडेलले प्रधानमन्त्री कोइरालाले देश र जनताको हितको निमित्त गरिरहेको प्रयासले आफूहरुलाई प्रेरित गरेको बताए ।

साथै उनको नेतृत्वमा नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउने र देशको आधुनिक विकास निर्माणले गति लिने विश्वासल व्यक्त गरे ।

प्रधानमन्त्री कोइरालाले आफू लोकतान्त्रिक संविधान,शान्ति,स्थायित्व र विकासको लागि निरन्तर लागि पर्दे आएको उल्लेख गरे ।

सो अवसरमा बैंकका सञ्चालक समितिका सदस्य निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनाल सहित वरिष्ठ कर्मचारीहरु र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभाका सदस्य डा. सशांक कोइरालालगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL