Logo

एभरेष्ट बैंकले कमायो ५३ करोड, खराब कर्जा घट्यो

एभरेष्ट बैंकले कमायो ५३ करोड, खराब कर्जा घट्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको सोही अबधिको तुलनामा सवाँ २ करोड रपैयाँ बढी हो ।

सो अबधिसम्म आइपुग्दा बैंकले ९९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ८१ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले १ बर्षको अबधिमा निक्षेप संकलनमा १० अर्ब र कर्जा प्रबाहमा झण्डै १६ अर्ब रुपैयाँ बृद्धि गरेको बैंकद्वारा जारी वित्तीय विवरणले देखाएको छ । सो अबधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब तीन करोड रुपैयाँ पुगेको छ

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म आईपुग्दा बैंकको पूँजी कोष अनुपात २ दशमलव २४ प्रतिशत बिन्दुले बढेर १५ दशमलव ४६ प्रतिशत पुगेको छ । यस्तै बैंकको खराब कर्जा अनुपात पनि घटेर कुल कर्जा प्रबाहको शुन्य दशमव २६ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL