Logo

एनआईसी एशियाको नयाँ शाखा मुगुमा, सोमबारदेखि कारोबार शुरु

एनआईसी एशियाको नयाँ शाखा मुगुमा, सोमबारदेखि कारोबार शुरु


बिजखबर संवाददाता
27
Shares

बकाठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगुमा स्थापना भएको छ । सो शाखाको सोमबार एक समारोहका बिच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरे ।

यससँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL