Logo

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल निष्काशन मध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत र १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने जनाइएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्र मध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई छुट्याइएको बैंकले जानकारी दिएको छ ।

प्रति कित्ताको अंकित मूल्य १००० रुपैयाँ रहने उक्त सेयरका लागि न्यूनतम् २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । ७ वर्ष अवधिको उक्त ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ।

प्रतिक्रिया दिनुहोस्