Logo

माछापुच्छ्रे बैंकले ग्लोबल मनि सप्ताह २०२५ भव्य रुपमा मनायो, देशव्यापी कार्यक्रमहरू आयोजना

माछापुच्छ्रे बैंकले ग्लोबल मनि सप्ताह २०२५ भव्य रुपमा मनायो, देशव्यापी कार्यक्रमहरू आयोजना



काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि सप्ताह २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ ।

यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको ग्लोबल मनि सप्ताह २०२५ अन्तर्गत माछापुच्छ्रे बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी ग्लोबल मनि सप्ताह २०२५ मनाएको हो । माछापुच्छ्रे बैंकले ग्राहक लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरू मार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरू, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This