काठमाडौं । नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।