Logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ अभियान सुरु

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ अभियान सुरु



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ अभियान ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउन सक्नेछन् । जसमा बम्पर उपहार iPhone 16 पनि रहेको छ। यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्म मार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हो।

मोबाइल टपअप र फोन पे डिरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै बैंकले डिजिटल बैंकिङलाई सहज रसजिलो बनाउन चाहन्छ साथै ग्राहकहरूलाई सक्रिय सहभागिताका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहार प्रदान गर्ने लक्ष्य राखेको छ।

यस अभियानमा सहभागी हुन, ग्राहकहरूले RBB Digital Sansar मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोन पे डिरेक्ट कारोबार गर्नुपर्नेछ। यी कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकले बताएको छ ।

यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । साथै, अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकले नयाँ iPhone 16 उपहार जित्न सक्नेछन् ।

यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गरेको छ । थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्