Logo

राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले भने-केबलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथिको प्रहार गलत

राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले भने-केबलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथिको प्रहार गलत



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ताप्लेजुङको पाथिभरा केबलकार निर्माणको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथिको प्रहार गलत भएको धारणा राखेका छन् ।

फेसबुकमार्फत पौडेलले केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमाथि गरिएको प्रहार गलत भएको उल्लेख गरेका हुन् ।

पौडेलले लेखेका छन् ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक–ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार ग़लत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो ।’

प्रतिक्रिया दिनुहोस्