Logo

एभरेष्ट बैंकको एटिएम सिंहदरवारमा, आइतवारदेखि सेवा शुरु

एभरेष्ट बैंकको एटिएम सिंहदरवारमा, आइतवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले सिंहदरवार परिसर भित्र नयाँ एटिएम स्थापना गरेको छ । नेपाल सरकारका अर्थ सचिव शान्त राज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले नँया एटिएम सेवाको संयुक्त रुपमा उद्दघाटन गरे ।

सुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले देशभर आफ्नो एटिएम सेवा विस्तार गर्दै गएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्