Logo

सनराइजले ३३ दशमलव ३३ % बोनस सेयर वितरण गर्दै, ९ औं वार्षिक साधारण सभाले पारित गर्ने

सनराइजले ३३ दशमलव ३३ % बोनस सेयर वितरण गर्दै, ९ औं वार्षिक साधारण सभाले पारित गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंकले आफ्ना सेयरधनीलाई ३३ दशमलव ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको बिहीवार बसेको संचालक समितिको बैठकले  बोनस वितरण गर्ने निणर्य गरेको हो । साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ३ अर्व ९७ करोड ६० लाखमा २०७३ आषाढ मसान्त सम्म को जगेडा कोष र आ.ब. २०७२/०७३ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

साथै आयकर ऐनको दफा ४७ क अनुसार शेयरधनीहरुको प्राप्ति अघि सम्म कायम शेयरमा लाभांश कर नलाग्ने र सो पश्चात् प्राप्त गरेको शेयरको हकमा लाग्ने लाभांश कर सम्बन्धित शेयरधनीहरु स्वयंले ब्यहोर्ने गरि त्यस्तो कर रकम वोनस शेयर वितरण गर्ने वखत असुल गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त लाभांश प्र्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी ९ औं वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्