Logo

राष्ट्रिय वाणिज्य बैंकमा २ सय ४९ जनाका लागि जागिर खुल्यो, सहायक प्रवन्धकसम्म माग

राष्ट्रिय वाणिज्य बैंकमा २ सय ४९ जनाका लागि जागिर खुल्यो, सहायक प्रवन्धकसम्म माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २ सय ४९ जनाका लागि दरखास्त आहृवान गरेको छ । इच्छुक उमेद्वारले असोज २८ गतेभित्र सिंहदरबार अगाडि रामशाहपथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउनुपर्ने हुन्छ ।

बैंकले मंगलबार निकालेको सूचनामा प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी मागेको छ । अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण गरेकाले मात्रै सहायक प्रवन्धकमा आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकले प्रशासन अन्तर्गत पाँचौं तहको वरिष्ठ सहायकका लागि १९ वटा कर्मचारी मागेको छ । वरिष्ठ सहायक पदमा आवेदन दिनका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण गरेको हुनुपर्छ ।

त्यस्तै, पाँच तहको वरिष्ठ सहायक (नगद शाखा) मा ५० जना कर्मचारी मागेको छ । व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण गरेका व्यक्तिले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले पाँच तहको वरिष्ठ सहायक का लागि ६ जना कर्मचारी मागको छ । यसका लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सुचना प्रविधि बिषयमा स्नातक उत्तिर्ण भएको हुनुपर्छ ।
बैंकले प्रशासन अन्तर्गत चार तहको सहायक पदका लागि ५५ जना ,र चार तहकै सहायक ९नगद० का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ ।

२१ वर्षदेखि ३५ वर्षसम्मका पुरुष र २१ वर्षदेखि ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्नेछन् । बैंकमा जागिर खाइरहेकालाई भने उमेर हद नलाग्ने बैंकले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर थप ७ दिन आवदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ । बैंकको वेवसाइडमा गएर क्यारियर नोटिस बाट आवेदन फारम डाउनलोड गरी भर्न सकिने छ । तर, बुझाउन भने बैंकमै जानुपर्छ ।

लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी बढी अंक प्राप्त गर्नेलाई छनोट गरिने छ । लिखित परिक्षा पास गरेकाहरुलाई बैंकले मौखिक परीक्षा पनि लिनेछ ।

प्रतिक्रिया दिनुहोस्