Logo

ग्लोवल आईएमइ र अरुण इन्टरकन्टिनेन्टलवीच सम्झौता, अटोलोन सहजै उपलब्ध गराउने उद्देश्य

ग्लोवल आईएमइ र अरुण इन्टरकन्टिनेन्टलवीच सम्झौता, अटोलोन सहजै उपलब्ध गराउने उद्देश्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता भएको छ । आइतवार एक कार्यक्रमवीच सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका मुख्य प्रबन्धक – एसएमइ तथा रिटेल बैंकिङ्ग, सुरेन्द्र राज रेग्मी र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सका महा प्रबन्धक–फाइनान्स मनिषकुमार जैनले हस्ताक्षर गरे ।

सम्झौता पत्र अनुसार अब सुजुकी ब्राण्डका कुनैपनि निजि वा कमर्सियल प्रयोजनका लागि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्र्तगतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडिहरुलाई ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई आफनो सबै शाखाहरुबाट आकर्षक व्याजदर सहित बढिमा ७ वर्षको लागि ८०% सम्म कर्जा प्रवाह गर्ने छ ।

आफ्ना ग्राहक वर्गहरुलाई सहज रुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यका साथ सम्झौता गरिएको बताइएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्