काठमाडौं । लक्ष्मी बैंकको नारायणघाटस्थित आफ्नो शाखा भरतपुर उपमहानगरपालिका ४ मा स्थानान्तरण गरेको छ। बैंकले आजदेखि थप सुविधा एवं सेवा दिन सो शाखा स्थानान्तरण गरेको हो ।
नयाँ र वृहत शाखाबाट बैंकका सम्पूर्ण ग्रहकलाई थप सहजता पुग्ने र चितवन क्षेत्रको बढ्दो व्यापारिक आवश्यकता र मागहरु पूर्ण गर्न सकिने बैंकको विश्वास छ।
बैंकले अहिले देशभरका ५३ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ।