Logo

कुमारी बैंकको ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ सार्वजनिक, ५०१ रुपैयाँसम्म क्यासब्याक

कुमारी बैंकको ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ सार्वजनिक, ५०१ रुपैयाँसम्म क्यासब्याक



काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको हो ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्ग मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानि कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।

क्यासब्याक रकम पिएसओ, क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक २६ देखि मंसिर ३ गतेसम्म लागु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL