काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८० कात्तिक २ गते बिहीबारका दिन १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा रहेको साधारणसभाले संचालक समितिबाट प्रस्ताव भएअनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि गरेको बैंकले जानकारी दिएकाे छ ।