Logo

कुमारी बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन, वार्षिक १० प्रतिशत ब्याज

कुमारी बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन, वार्षिक १० प्रतिशत ब्याज



काठमाडौं । कुमारी बैंकले आज कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यस ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्