Logo

दुई महिनामा वाणिज्य बैंकले कमाए साढे १६ अर्बभन्दा धेरै नाफा : ग्लोबलको सबैभन्दा बढी, एसबीआइको सबैभन्दा कम

दुई महिनामा वाणिज्य बैंकले कमाए साढे १६ अर्बभन्दा धेरै नाफा : ग्लोबलको सबैभन्दा बढी, एसबीआइको सबैभन्दा कम



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा २० वाणिज्य बैंकले साढे १६ अर्बभन्दा धेरै नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पहिलो २ महिनामा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका हुन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार २० बाणिज्य बैंकहरुले साउन र भदौ महिनामा सो मात्रामा नाफा आर्जन गरेका हुन् । दुई महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले यो अवधिमा १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यसैगरी, दुई महिनाको अवधिमा सबै भन्दा कम नाफा कमाउने बैंक नेपाल एसबिआई बैंक रहेको छ । यस बैंकले २७ करोड २९ लाख ९० हजार रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

धेरै नाफा कमाउने दोश्रो बैंक नबिल बैंक रहेको छ । नबिलले २ महिनामा एक अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले एक अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरी, कुमारी बैंकले एक अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । राष्ट्रिय बाणिज्य बैंकले ८७ करोड ५१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख ९ हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकले ८३ करोड ६५ लाख ५० हजार नाफा कमाएको छ । एनआईसी एशिया बैंकले ८० करोड ५५ हजार रुपैयाँ नाफा कमाएको छ भने एनएमबि बैंकले ७६ करोड ७० लाख ३ हजार नाफा आर्जन गरेको देखिन्छ । एभरेष्ट बैंकले २ महिनामा ७१ करोड २५ लाख ९० हजार नाफा कमाएको छ । यसैगरी, नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार नाफा कमाउन सफल भएको छ ।

चालु आवको दुई महिनामा प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार र कृषि विकास बैंकले ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन । सानिमा बैंकले ५१ करोड २० लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख ८० हजार रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जानकारी दिएको छ । माछापुच्छ«े बैंकले २ महिनामा ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ट बैंकले ४८ करोड ४५ लाख २० हजार रुपैयाँ, र सिटिजन्स बैंकले ४४ करोड ३१ लाख ७० हजार रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL