Logo

सिटिजन्सले व्याडमिन्टन खेलाडी तामाङलाई मासिक २५ हजार दिने, १बर्षसम्म रकम उपलब्ध गराउने

सिटिजन्सले व्याडमिन्टन खेलाडी तामाङलाई मासिक २५ हजार दिने, १बर्षसम्म रकम उपलब्ध गराउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राष्ट्रिय व्याडमिन्टन खेलाडि नङसल तामाङलाई मासिक रु २५ हजार उपलब्ध गराउने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत तामाङलाई मासिक सो बराबरको रकम बुझाउने गरी एक वर्षको सम्झौता गरेको हो ।

बैंकले यस कार्यलाई आफ्नो सानो सुरुवातको रुपमा लिएकोे र यस्तो कार्यले अन्य राष्ट्रिय खेलाडिहरुलाई पनि खेलको साथसाथै पेशागत वृत्ति विकासको कार्यमा अघि बढ्न हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

राष्ट्रिय खेलाडि नङसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिएकी छिन् र पदकहरु समेत जित्न सफल भएकी छिन् । हालै उनले २०१६ को १२औैं साउथ एशियन खेलको महिला टिम इभेन्टस् र महिला एकल उपाधिमा काश्य पदक र २०१० को एघारौैं साग खेलको महिला टिम इभेन्ट्मा पनि काश्य पदक जित्न सफल भएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्