Logo

स्ट्याण्डर्ड चार्टर्डलाई युरोमनी अवार्ड, गुणस्तरीय सेवाको आधारमा सम्मानित

स्ट्याण्डर्ड चार्टर्डलाई युरोमनी अवार्ड, गुणस्तरीय सेवाको आधारमा सम्मानित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ‘युरोमनि अवार्ड २०१६’ प्राप्त गरेको छ । बैंकले शुक्रबार सो अवार्ड पाएको हो बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

युरो म्यागाजिनले दिदै आएको सो अवार्ड वित्तीय क्षेत्रमा निकै सम्मानित मानिन्छ ।

बैंकले यसअघि पनि बैंक अफ दि इयर, दि बेस्ट इमर्जिङ माकेट्स बैंक जस्ता अवार्ड प्राप्त गरिसकेको छ ।

युरोमनिले बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि यो अवार्ड प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL