Logo

सनराइज बैंक र नारायणी नेशनलको एकीकृत कारोबार शुरु, १ अर्बको बोनस सेयर आउँदै

सनराइज बैंक र नारायणी नेशनलको एकीकृत कारोबार शुरु, १ अर्बको बोनस सेयर आउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक र नारायणी नेशनल फाइनान्सको आजदेखि एकिकृत कारोवार शरु भएको हो । आज एक कार्यक्रबीच नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरञ्जिवी नेपालले एकिकृत कारोवारको शुरु गरेका हुन् ।

मर्जर पश्चात बैंकको चुक्ता पूँजी रु. करिव ४ अर्व पुग्ने छ । हाल सनराइज बैंकको चुक्ता पुँजी ३ अर्ब २२ करोड रुपैयाँ र नारायणी नेशनल फाइनान्सको चुक्तापुँजी ८० करोड २२ लाख रुपैयाँ छ ।

यसले बैंकलाई २०७४ असार मसान्तसम्म ८ अर्ब चुक्ता पुँजी पुर्याउन सहज हुनेछ । कार्यक्रममा चालू आवको नाफाबाट १ अर्ब रुपैयाँको बोनस सेयर दिने बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बर्जाचार्यले बताए  ।

कार्यक्रममा नारायणी नेशनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गरे । नारायणी नेशनल फाइनान्स का १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले जानकारी दिएको छ ।

सो अवसरमा गभर्नर डा. नेपालले एकीकरण बाट सनराइज बैंक थप सशक्त भई आफ्ना ग्राहक तथा शेयरधनीहरु लाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा विश्वास व्यक्त गरे । साथै डा. नेपालले यो एकीकरण बाट संस्थाहरु केवल पूँजीको लागि मात्र नभएर संस्था सबल बनाउनका लागि पनि हुँदो रहेछ भन्ने प्रमाणित भएको बताए ।

उक्त उद्घाटन समारोहमा बैंक का अध्यक्ष मोतीलाल दुगडले नारायणी नेशनल जस्तो उत्कृष्ट फाइनान्स कम्पनीलाई एकीकरण गर्न पाउँदा हर्ष प्रकट गरे ।

साथै मेची देखि महाकाली सम्म विस्तारित ६७ वटा शाखाहरु बाट ग्राहकवर्गले सेवा प्राप्त गर्न पाउने जानकारी दिए ।

एकीकरण पश्चात बैंकको ७ शाखा, ६९ एटिएम, सहित निक्षेप रु. ५० अर्व, तथा कूल कर्जा रु. ४३ अर्व पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस्
MBL