Logo

मेगाले २५ प्रतिशत सेयर निष्काशन गर्दै, क्यापिटल प्रवन्धकमा ग्लोबल आइएमई

मेगाले २५ प्रतिशत सेयर निष्काशन गर्दै, क्यापिटल प्रवन्धकमा ग्लोबल आइएमई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको पाचौँ साधारण सभाले गरेको निर्णय अनुसार सेयर निष्काशन गर्न लागेको हो ।

यसको लागि बैंकले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको बैंकले जानकारी दिएको छ । बैंकमा आयोजित एक कार्यक्रममा, मेगा बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत, अनुपमा खुन्जेलिले तथा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ नलिना श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

२५ प्रतिशत हकप्रद शेयर निष्काशन पछी मेगा बैंक नेपाल लिमिटेडको चुक्ता पुँजीे ४ अर्ब ५ करोड हुनेछ ।

हाल बैैंकको २९ अर्ब निक्षेप र २६ अर्ब कर्जा प्रवाह रहेको छ । साथै देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १ हजार ४ सय स्थानमा मेगा रेमिटको सञ्जाल र १ एक्सटेन्सन काउन्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL