Logo

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता, बैंकका ग्राहकले क्लिनिकका सेवामा १० प्रतिशतसम्म छुट पाउने

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता, बैंकका ग्राहकले क्लिनिकका सेवामा १० प्रतिशतसम्म छुट पाउने



काठमाडौं । कुमारी बैंक र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी उत समझदारी भएको हो ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९७ शाखा सञ्जाल, १ सय ८६ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्