Logo

बैंक अफ काठमाडौंको नयाँ शाखा पोखरामा, गण्डकीमा थप शाखा विस्तार गर्ने योजना

बैंक अफ काठमाडौंको नयाँ शाखा पोखरामा, गण्डकीमा थप शाखा विस्तार गर्ने योजना



काठमाडौं । बैंक अफ काठमाडौंले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको सुरुवात गरेको हो । उक्त शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउदै जाने बताईन् । यस्तै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिईन् ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाडौं लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गरेका छन् । यस्तै उनले स्थानीय उद्योग ब्यवसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिए ।

बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL