Logo

कर्मचारी सुरक्षण कोषको २० करोड मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

कर्मचारी सुरक्षण कोषको २० करोड मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगानी गर्ने भएको छ। बैंकले फागुन २३ गते (शुक्रबार) एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदर प्रस्ताव माग गरेको छ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड रुपैयाँ, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको जनाएको छ।

यस निक्षेपको अवधि २०८१ चैत ३ गतेदेखि २०८२ चैत ३ गतेसम्म ३६६ दिनको हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले फागुन २६ गतेसम्म ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्। बैंकका अनुसार, निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्थाले कम्तीमा २ वर्ष सञ्चालनमा आएको हुनुपर्ने तथा तोकिएको न्यूनतम पुँजीकोष कायम राखेको हुनुपर्नेछ।

राष्ट्र बैंकले निष्कृय कर्जा ९एनपीएल० कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा ९नेट एनपीएल० ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाएको छ। यसअघि, राष्ट्र बैंक र अन्य सरकारी संस्थाहरूको निक्षेप स्वीकार गर्नका लागि ५ प्रतिशतभन्दा कम एनपीएल हुनुपर्ने व्यवस्था थियो।

त्यस्तै, बैंकले निर्धारण गरेको खुद तरल सम्पत्ति अनुपात कायम राख्ने वित्तीय संस्थाहरूमा मात्र लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This