Logo

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समितिको सपथ

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समितिको सपथ



काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष सपथ लिएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनमा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । सोहि अनुसार सपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्