काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले गरेको निलम्बनका विरुद्ध अदालत गएका छन् । सरकारले अधिकारीलाई गभर्नर पदबाट गत चैत २५ गते निलम्बन गरेको थियो ।
अधिकारीले गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गर्न लागेका हुन् ।
आइतबार सर्वोच्चमा अधिकारीका तर्फबाट उनका वकिलहरू रिट दर्ता गराउन पुगेकोमा सर्वोच्चले रिटबारे अध्ययन गरेर मात्र दर्ता गर्ने बताएको स्रोतले जानकारी दिएको छ ।