Logo

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा, सेवा संख्या २५३ पुग्यो

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा, सेवा संख्या २५३ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले ८ नयाँ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय ५३ पुगेको छ । बैंकले ईलामको ईलाम नगरपालिका वडा नं. १, नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. २, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं. १, थुमन, तनहूँको भानु नगरपालिका वडा नं. ११, टुहुरेपसल, कैलालीको जानकी गाँउपालिका वडा नं. ७, मिलनचोक, लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. १०, कोइरालाफाँट, बाँकेको खजुरा गाँउपालिका वडा नं. ६, सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएका छन् ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम, सीडीएमए, युटिएल, नेपाल टेलिकम लगायतको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले हाल ७ वटै प्रदेश तथा ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५३ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्