Logo

सनराइज बैंकको क्यूआर सेवा बिस्तार, त्रिनगर कृषि हाटबजार धनगढीमा सेवा शुरु

सनराइज बैंकको क्यूआर सेवा बिस्तार, त्रिनगर कृषि हाटबजार धनगढीमा सेवा शुरु



काठमाडौं । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु-याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको शुरुवात गरेको छ ।

उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वड, सनराइज बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाट बजार व्यवस्थापन समिति धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश विक र शाखा प्रबन्धक धर्म कुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सनराइज बैंकले प्रदान गरेको क्यूआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु-याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाई थियो ।

सोही कार्यक्रममा सनराइज बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सनराइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफूल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्यआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए ।

साथै त्रिनगर कृषि हाट बजार व्यवस्थापन समिती धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाट बजारमा तरकारी तथा फलफूूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले स(साना कारोबारमा समेत डिजिटल बैंकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL