काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात गरेको छ । १८ वर्षको उमेर नाघेका महिलाहरुलाई उच्च ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि यो सुविधा ल्याइएको हो ।
यो बचत खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी पाउने छन् ।
लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्थाका साथै मोबाइल बैकिंग तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षकालागि निस्शुल्क गरिएको छ ।