Logo

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम : सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई बैंकिङ तालिम प्रदान

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम : सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई बैंकिङ तालिम प्रदान



काठमाडौं । प्रभु बैंकले सिन्धुपाल्चोक जिल्लाका विद्यार्थीहरुलाई बैंकिङ साक्षरतासम्बन्धी तालिम प्रदान गरेको छ । बैंकले जिल्लाको तालमराङ गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराई बैंकिङ साक्षरता/ज्ञान प्रदान गरेको हो ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।

स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुभ्mने गरी प्रकाश पारेका थिए ।

बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक÷कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रमा प्रमुख कार्यकारी अधिकृतले सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्