Logo

पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ सेवा

पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ सेवा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शनिबार एक कार्यक्रमको आयोजना गर्दै पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।

शाखा रहित बैकिङ सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक माननीय मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहवीच गरेका हुन् । उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १ सय ५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन ।

प्रतिक्रिया दिनुहोस्