काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ग्राहकहरुले सुप्रिम क्याफे एन्ड लाउन्ज बारमा छुट पाउने भएका छन् ।
न्यूरोडमा रहेको लाउन्जमा बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी बैंक र लाउन्जबीच समझदारी भएको हो ।
बैंकको डेबिट‚ क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाउन्जमा छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यो किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब सात लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।