Logo

भोलिदेखि हुने भनिएको प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन मिति सर्यो, यस्तो छ कारण

भोलिदेखि हुने भनिएको प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन मिति सर्यो, यस्तो छ कारण



काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन मिति परिवर्तन गरेको छ । भोलि फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भनेको बैंकले प्रविधिक कारणबस फागुन २८ गतेदेखि बिक्रि खुला गर्ने भएको हो ।

बैंकले १ हजार अंकित दरका ३५ लाख कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । जस मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ ।

सर्बसाधारणको लागि छुट्याईएको मध्येबाट ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८।७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि छिटोमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्