काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ ।
क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५ सय ५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिईओ पुष्प शर्माले जानकारी दिए ।
क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो ।
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।