Logo

कुमारी बैंक र केजीएच ग्रुपबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट

कुमारी बैंक र केजीएच ग्रुपबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र केजीएच ग्रूप बीच होटलका विशेष सेवामा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

दैनिक दिनभरको भागदौडले थकित तन र मनलाई ऊर्जावान बनाउन मानिसलाई आराम आवश्यक हुने भएकाले कुमारी बैंकले आफ्ना ग्राहकलाई केजीएच ग्रुपअन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवामा आकर्षक छुटको प्रावधान मिलाएको जानकारी दिएको छ ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकले केजीएच ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टमा खानपान, स्पा सेवा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जाएको छ ।

प्रतिक्रिया दिनुहोस्