Logo

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर, खाता खोल्दा निशूल्क भिसा डेबिट कार्ड

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर, खाता खोल्दा निशूल्क भिसा डेबिट कार्ड



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।

यस अफर अन्तरगत फागुन १६,गते देखि फागुन २३ गतेसम्म  मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यही अफर समय अवधि फागुन १६ गतेदेखि फागुन २३ गते भित्रमा दिनु पर्ने छ ।  

यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटर्वक अन्तर्गतका ेजुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL