Logo

सनराइज बैंक र ग्रीन भ्याली रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिर्सोटमा विशेष छुट

सनराइज बैंक र ग्रीन भ्याली रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिर्सोटमा विशेष छुट



काठमाडौं । सनराइज बैंक र शिवपुरीस्थित ग्रीन भयाली रिसोर्टबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट दिने उद्धेष्यसहित उक्त सम्झौता भएको हो ।

आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटसंग सम्झौता गरेको हो ।

सनराइज बैंक लिमिटेड तथा ग्रीन भ्याली रिर्सोट बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुबिधामा सनराइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL