Logo

माछापुच्छ्रे बैंकद्वारा पोखराका ३ स्थानमा क्युआरकोड सेवा सुरू, सेवाग्राहीलाई सहज भुक्तानी उपलब्ध

माछापुच्छ्रे बैंकद्वारा पोखराका ३ स्थानमा क्युआरकोड सेवा सुरू, सेवाग्राहीलाई सहज भुक्तानी उपलब्ध



काठमाडौं ।  माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि र सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकै पटक क्युआर कोड भुक्तानी सेवाको शुभारम्भ गरेको हो ।

सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्ने छन् । त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्ने छन् ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंककाका मुख्य निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको भन्दै आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न उपभोक्तालाई आग्रह गरे ।

नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहजभएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानको सङ्ख्या करिब ९ हजार पुगेको बैंकले जनाएको छ ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंककाका निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्व प्रकाश गौतम तथा सृजना कार्कीको उपस्थिति थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषिबजार व्यवस्थापन समितिका प्रतिनिधि, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL